अरनिको स्मृति दिवसको उपलक्ष्यमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभाग र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा मिति २०७८÷११÷२७ (मार्च ११, २०२२) गते शुक्रबारका दिन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, अरनिको प्रदर्शनी कक्षमा परम्परागत हस्तकला प्रदर्शनीको समुद्घाटन सभारोह सम्पन्न भएको छ । उक्त समुद्घाटन समारोहको सभापतित्व प्रतिष्ठानका कुलपतिज्यूले गुर्नभएको थियो भने प्रमुख अतिथ्यता प्रतिष्ठानका मानार्थ सदस्य समेत रहनुभएका क्रोधकला शिरोमणी श्री कालु कुमालेज्यूले गर्नुभएको थियो । कार्यक्रममा अनुसन्धानकर्ता संजय शाक्यज्यूबाट कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।