नेपाल लतिलकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागद्वारा लोककला विषयक गोष्ठी यस प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको प्रमुख आतिथ्यमा २०८० असार ०६ गते सम्पन्न भयो ।
लोककला विभाग प्रमुख प्रदिप अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा तीनवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । जसमा ‘नेवा ः लोक चित्रकलाः मछिन्द्रनाथ रथमा गरिने चित्रकलाको महत्व र अवस्था’ का बारेमा दिपमाला महर्जन, ‘सन्थाली लोककला’ का विषयमा डा. टंक उप्रेती, ‘समकालीन नेपाली कलामा मिथिला कलाको अवस्थिति’ का विषयमा एससी सुमनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्रमाथि हरिओम मेहता, धीरेन्द्र प्रेमर्षि र मेरिना चित्रकार टिप्पणी गर्नुभएको थियो ।
प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै उपकुलपति लालकाजी लामाले कार्यपत्र प्रस्तुत गर्नेहरुको विद्धता देशकै लागि भएको बताउँदै आगामी दिनमा लोककलाको क्षेत्रमा कसरी अगाडि बढ्ने हो भन्ने विषयलाई कार्यपत्रमार्फत उठान भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा लागि एउटा चुनौती पनि थपिएको छ । लोककलामा माटो र सुगन्ध बोकेको कला हो । हामी हाम्रो पहिचान बनाउनका लागि यस कलालाई लिएर अगाडि जानु पर्दछ र मात्र समृद्धि प्राप्त हुन्छ । हाम्रा विश्वविद्यालयले शिल्पी र कामदारको रुपमा उत्पादन गरे तर यसलाई प्राज्ञिक विषयवस्तुसँग पनि जोडेर लानुपर्छ ।’
कार्यक्रमको समापन गर्दै विभागीय प्रमुख प्रदिप अधिकारीले भन्नुभयो, ‘हामीले विद्वान वर्गहरुबाट ज्ञान हासिल ग¥यौं । यसलाई हामी डकुमेन्टेसन गर्नेछौं । हामीले नेपालका सबै लोककलालाई आगामी दिनमा उठान गरेर लैजान आवश्यक छ ।’