नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन २० गतेदेखि २४ गतेसम्म हुने ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ का लागि प्रतिष्ठानका लोककला विभाग प्रमुख तथा सुदूरपश्चिम प्रदेश समन्वय समिति संयोजक प्रदिप अधिकारी सहभागितामा बुधबार (२०८० फागुन ९ गते) विभिन्न उपसमिति गठन गरिएको छ । भेलाले डम्बर रोकाया संयोजक रहेको प्रचार प्रसार उपसमिति, जितबहादुर आउजी संयोजक रहेको कलाकृति सङ्कलन उपसमिति तथा कोपिला शर्मा संयोजक रहेको अतिथि सत्कार उपसमिति समेत गठन गरेको छ ।