नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लोककला विभागको आयोजनामा गत शुक्रबार (२०८० पुस ६ गते) भक्तपुरका लोककलाकारहरूको भेला सम्पन्न भएको छ । भक्तपुरको ख्वप पौभा च्वमी पुचः मा आबद्ध कलाकारसँगै त्यहाँका अग्रज लोककलाकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता अग्रज लोककलाकार सूर्य ब.चित्रकारले गर्नुभएको थियो । भेटघाटमा नेवारी लोककलाका विविध विषयमा गहन छलफल गरिएको थियो । सो छलफलमा कलाकारहरूले नेवारी लोककलाको वर्तमान अवस्था, चुनौती, समस्या र सम्भावना, कलाकार परिचयपत्रसँगै राष्ट्रिय ललितकला प्रदर्शनीमा नेवारी लोककलालाई अझ प्रभावकारी रूपमा सहभागी गराउने लगायतका विषय उठान गर्नुभएको थियो । भेलामा प्रतिष्ठानका परिषद् सदस्य पाल्साङ्मो लामा, प्रदीप अधिकारी, प्राज्ञसभा सदस्य सुन्दर सिंख्वाल, कलाकारहरू पूर्ण ह्योजु, रत्न सिंख्वाल, हरि प्र.वैद्य, कृष्णराम चित्रकार, बलराम न्हिसुत, राम सुन्दर ख्याजु, कृष्ण राम धेमोसु, रविन्द्र मुनकर्मी, प्रभाकर बज्राचार्य, राजेश चित्रकार, पुरण ह्योजु, सुरज चित्रकार, सुवर्ण केशरी चित्रकारलगायतको उपस्थिति रहेको थियो ।