नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा मेलुङ गाउँपालिका, दोलखाको आयोजनामा सोमवार (२०८३ असार १५ गते ) बाट प्रतिष्ठानमा ‘क्यानभासमा मेलुङ’ कार्यशालामा सिर्जित कलाकृतिको प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार तमाङले उद्घाटन गर्नुभयो । कलाकार विक्रम तमाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका निवर्तमान कुलपति नारदमणि हार्तम्छाली, निवर्तमान सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, निवर्तमान प्राज्ञपरिषद् सदस्यहरू संजय वान्तवा, अरुणा हिङमाङ, मेलुङ गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनी १७ गतेसम्म चल्ने छ ।

