नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनी गर्नको लागि अरनिको कला ग्यालरी स्थापना गरिएको छ । यो ग्यालरी नेपाली कलाको विकास तथा नेपाली कलाकारको हितको लागि समर्पित छ । यहाँ नेपाली कलाकारहरुले न्यूनतम शुल्क तिरी आफ्ना सृजनाहरु प्रदर्शनमा राख्न सक्छन् । कला सृजनाको साथसाथै ती कलाकृतिहरुको प्रदर्शनी पनि दर्शक तथा कलाकार दुवैको लागि महत्वपूर्ण रहन्छ । त्यसो हुँदा सर्वसाधारण र कलाविज्ञ सबैले कलाको परख गरी सो कलाकृति खरिद गर्न सक्छन् ।