‘परम्परागत पौभा÷थाङ्का कलामा युवा’ को भूमिका विषयमा समूहगत छलफल आज मिति २०८० जेठ २५ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको भाजुमान सभाकक्षमा विभागीय प्रमुख पाल्साङ्मो लामाको अध्यक्षतामा सम्पन्न भयो । उक्त छलफल कार्यक्रममा वक्ताको रुपमा बुद्ध योञ्जन, मिङ्मा लामा, रजनी सिंख्वाल, सुजनमुनि शाक्य र सहजकर्ताको रुपमा उजय बज्राचार्य हुनुहुन्थ्यो ।
सुजनमुनि शाक्यले पौभा÷थाङ्का कलाको अध्ययन अध्यापन गर्नु जरुरी रहेको कुरा बताउँदै प्राज्ञिक स्तरबाट नै यो कला सिक्न जरुरी छ । साथै यो कलाको इतिहास, दर्शन र यसको महत्त्वका साथै आधुनिक अवस्थाको बारेमा जानकारी गराउन जरुरी छ । प्राज्ञिक रुपले अध्ययन गर्दा अभिलेखनका साथै व्यवस्थापन गर्नमा सहयोग पु¥याउने छ भन्ने कुरा बताउनुभयो । यसैगरी वक्ता मिङमा लामाले यो कलाको अध्ययनको कमी रहेको, यसक्षेत्रमा काम गर्ने व्यक्तिहरुमा सैद्धान्तिक ज्ञानको कमी रहेको साथै सञ्चार माध्यममा यसको विषयमा सचेतना गराउने जस्ता कार्य गरेमा युवा आकर्षण बढ्ने कुराको जानकारी गराउनु भयो । यसैगरी रजनी सिंख्वालले विद्यार्थी भएर अध्ययन गर्दा ३, ४ वर्ष समय लाग्ने र कलेज सकेपछि कलाको बजारमा आफूलाई चिनाउन, क्षमता देखाउन अलि गाह्रो हुन्छ । यस क्षेत्रमा लागेका र अध्ययन गरेका विद्यार्थीहरुलाई रेसिडेन्सी कार्यत्रमm्, कार्यशाला गराउनुपर्छ जस्ता सुझावहरु राख्नु भएको थियो । यसैगरी बुद्ध योञ्जनले थाङ्काको खेवा लेख्ने कलाकारको कमी रहेको र पहिला ३५ हजार कलाकारको डाटा संकलन भएता पनि अहिलेको अवस्थामा १५ हजार पनि नभएको कुरा बताउनु भयो । उहाँले पुस्ता हस्तान्तरण गर्नुपर्ने र नयाँ पुस्तामा यसको महत्त्व बुझाउनु पर्ने कुरा बताउनु भयो । थाङ्का कला एक व्यवसायको रुपमा विकसित हुँदै गएको हुनाले यसलाई कोर्षकै रुपमा विकसित गरेर लानुपर्ने कुरामा जोड दिनु भयो । विश्वमा अशान्ति भइरहेको अवस्थामा थाङ्का कलाले एउटा शान्तिको प्रतीकको रुपमा यसको महत्त्व बुझाउनु जरुरी रहेको र थाङ्का लेखन कार्य सुरुदेखि अन्त्यसम्म स्वयम् सर्जकले नै गर्नुपर्ने भएकोले अध्ययन पनि गर्नुपर्ने र कोर्षमै राख्नु पर्ने कुरा बताउनु भयो ।
यसैगरी सुजनमुनि शाक्य भन्नुहुन्छ, “कलाकार बन्नेभन्दा पनि जागिर र पैसा कमाउने माध्यमको रुपमा मात्रै हेरेको कुरा बताउँदै अरनिकोले नेपालको कलालाई चीनसम्म भित्र्याएर राष्ट्रको गौरव बढाउनु भएको थियो । यसको जर्गेना गर्नसकेमा मात्र लोप हुनबाट रोक्न सकिन्छ भन्ने धारणा राख्नु भयो ।
कार्यक्रमको समापन गर्दै परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङमो लामाले यस्तो कार्यक्रम नीतिगत रुपमा अगाडि बढ्नका लागि यस्ता किसिमका छलफलले प्रभावकारी हुने बताउँदै हामीले पनि आफ्नो तर्फबाट राज्यलाई के गर्न सकिन्छ, र के गर्नुपर्छ भन्ने कुरा कलाकारले सोच्नु जरुरी रहेको घारणा राख्दै कार्यक्रमको समापन गर्नु भयो ।