२०७६ कार्तिक २० गते देखि २४ गतेसम्म प्रदेश नं.१ धनुषा जिल्लाको धनौजी गाउँपालिकामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागद्वारा आयोजित लोककला कार्यशाला तथा प्रदर्शनी–२०७६ सम्पन्न भयो । उक्त कार्यक्रमको समुद्घाटन प्रदेश नं. २ का प्रदेश सभासदस्य माननीय राम अफिम यादवज्यूको प्रमुख आतिथ्यता र कार्यक्रमको समापन धनौजी गाँउपालिका अध्यक्ष श्री बुद्धी नारायण सिंहबाट भएको थियो । उक्त कार्यशालामा ३५ जना महिला कलाकार सहभागि भएका थिए ।