नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना, नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीको सहआयोजना तथा बुटवल नगरपालिका, तिलोत्तमा नगरपालिकाको सहकार्यमा फागुन १० गतेबाट हुने ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ को जानकारी दिँदै शुक्रवार (२०८१ फागुन ९ गते) पत्रकार सम्मेलन सम्पन्न भएको छ । फागुन १४ गतेसम्म रुपन्देही उद्योग सङ्घ, बुटवलमा हुने प्रदर्शनीको तयारी सकिएको र यस प्रदर्शनीले प्रदेशको ललितकलाको उत्थान तथा प्रवर्धनमा थप सहयोग पुग्ने प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख एवं लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले बताउनुभयो । साथै उहाँले प्रदेशका जनप्रतिनिधि, विद्यार्थी, विभिन्न सङ्घ, संस्थाका प्रतिनिधिसँगै समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने सम्पूर्ण व्यक्तिहरूलाई प्रदर्शनीको अवलोकनका लागि आव्ह्वानसमेत गर्नुभयो । प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
