नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको आयोजना तथा Embassy of the People’s Republice of China in Nepal, Beijing Belt & Road Cooperative Community, KGH Thamel, MONA को सहकार्यमा नेपाल र छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको अवसरमा शनिवार (२०८२ साउन १७ गते) बाट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा SILK ROAD ECHOES, ART UNITES HEARTS कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र नेपालका लागि चीनका राजदूत महामहिम Chen Song ले उद्घाटन गर्नुभयो । कार्यक्रममा पूर्वमन्त्री कोइरालाले यस प्रदर्शनीले राजनीतिकबाहेक यसले दुई देशका जनताबिचको अन्तरहृदय जोड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस प्रदर्शनीले कला र संस्कृतिलाई जोड्ने मात्र नभई दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।’
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको विशेष अवसरमा आयोजित कला प्रदर्शनीले सांस्कृतिक कूटनीतिमा सधैँ गहिरो भूमिका खेल्न बताउनुभयो । उहाँले कला केवल सौन्दर्य अभिव्यक्त गर्ने माध्यम मात्र नभई एकताबद्ध गर्ने एउटा पुुल भएको धारणा राख्नुभयो ।
राजदूत महामहिम Chen Song ले नेपाल–चीन सम्बन्ध आपसी सम्मान, सहयोग र साझेदारीमा आधारित रहेको बताउनुभयो । उहाँले दुई देशका कलाकारलाई एकै मञ्चमा देख्न पाउँदा आफूलाई खुसी लागेको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नभयो ।
Silk Road Cities Alliance/ Beijing Belt & Road Cooperative Community का Secretary General, Wu Bixiu ले प्रदर्शनीका चित्रहरूले दुई देशका विविध आयामलाई समेटेको बताउँदै आगामी दिनमा पनि नेपाल र चीनको सम्बन्ध प्रगाढ बनाउन यस्ता कार्यक्रम गरिनुपर्नेमा जोड दिनुभयो ।
प्रदर्शनीमा नेपालका नारदमणि हार्तम्छाली, किरण मानन्धर, केके कर्माचार्य, लालकाजी लामा, प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ, मानबहादुर दोङ, एससी सुमन, झिग्मे लामा, लालमान लामा, सुन्दर सिंख्वाल, निरिमाया लामा, लोक चित्रकार, मुक्ति सिंह थापा, पूर्णप्रसाद ह्योजु, शङ्कर जोशी, सीमा शर्मा, उमाशङ्कर साह, सीतादेवी कर्ण, नवीन्द्रमान राजभण्डारी, आशा डङ्गोल, नेमबहादुर गोले, केशवराज खनाल, लीलाधर केसी, दामोदर बराल, उजयराज बज्राचार्य, एनबी गुरुङ, मनोज तामाङ, सम्झना राजभण्डारी, राजकुमार रानामगर, माइला दोङ, रामनारायण महतो, रुबी पाठक, राजन महर्जन, रसिक राज, साइला लामा (मङ्गल), पृथ्वी श्रेष्ठ, विनोद लिम्बू, आरती साह र चीनका Li Mingquan, He Dong, Lu Hongming, Wang Qihua, Yong Jincheng, Xu Jinping, Lu Dajiang, Zhu Lihong, Zeng Yingchun, Tan Hongjing, Zhang Gouchou, Zhang Dongxia, Lou Hongtai, Xu Xian, Zhang Guangmao लगायतका कलाकारको सहभागिता रहेको छ । प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रदीप शाक्य र समूह क्युरेटर रहनुभएको प्रदर्शनी साउन ३१ गतेसम्म चल्ने छ । कार्यक्रममा कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’, कूटनीतिज्ञ, विभिन्न सरकारी/निजी सङ्घसंस्था/प्रतिष्ठानसंस्थानका प्रतिनिधि, कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

