नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्वार्थ आर्टस् फाउन्डेसनद्वारा संयुक्तरुपमा आयोजित Watercolor Odyssey चित्रकला प्रदर्शनीअन्तर्गत बुधबार (२०८१ फागुन ७ गते)का दिन प्रतिष्ठानको भाजुमान सभाकक्षमा Prof. Chen Liu (China) सँग ललित संवाद कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा Prof. Liu ले आफ्नो कलाकृतिहरूको प्रस्तुति दिँदै त्यसमा प्रयोग गरिएका रङ, टेक्सर, विषय संयोजन लगायतका बारेमा जानकारी दिनुभयो जसको बङ्गलादेशका कलाकार Mong Mong Sho र नेपालबाट अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटी, नेपाल च्याप्टरका अध्यक्ष एन.बी गुरुङले सहजीकरण गर्नुभएको थियो । दोस्रो सेसनको कार्यक्रममा Prof. Chen Liu (China) ले बङ्गलादेश, चीन र नेपालका कलाकारहरुका बिच Art Demonstration समेत गर्नुभएको थियो ।
