नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र Institute of Engineering (IOE) को वास्तुकला विभागको संयुक्त आयोजनामा Design Studio V Project अन्तर्गतको Museum Design Exhibition आइतबार (२०८१ भदौ ३० गते)बाट सुरु भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, Institute of Engineering (IOE) वास्तुकला विभाग प्रमुख आर्किटेक्ट शोभा थापा, डिजाइन शिक्षकहरू आर्किटेक्ट प्रजल प्रधान र चन्द्र हाकुमिला प्रजापतिका साथै सो विभागमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । प्रदर्शनीमा विद्यार्थीले Museum Design का विभिन्न ४८ वटा नमूना राखेका छन् । प्रदर्शनी सोमवार सम्पन्न हुने छ ।