नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा सिर्जनशील कलाकार समूह, पोखराको आयोजनामा बिहीबार (२०८२ पुस २४ गते) बाट पोखरा–९ नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा Art in Himalayas 2026 प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो । प्रदर्शनीमा नेपाली ३३ जना र अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, आयरल्यान्ड र डेनमार्कका गरी १५ जना विदेशी कलाकारका ७० कलाकृति रहेका छन् । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य राधिका कँडेल, इसेन्न्स अफ मूलरानीका नेपाल संयोजक डिल्ली तुलाधरसँगै पोखराका अग्रज तथा नयाँ पुस्ताका कलाकार, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनी २६ गतेसम्म चल्ने छ ।
तस्विरः राधिका कँडेल


