नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरको आयोजनामा शुक्रवार (२०८२ पुस २५ गते) ‘ललितकला पाठ्यक्रमबारे अन्तरक्रिया कार्यक्रम’ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा सम्पन्न भएको छ ।  कार्यक्रमको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले संयुक्त रूपमा गर्नुभयो । चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा चित्रकला, व्यावहारिक कला, मूर्तिकला, तथा कला इतिहास विषयहरू परिमार्जित पाठ्यक्रमअनुसार पठनपाठन भइरहेको सन्दर्भमा ती पाठ्यक्रमबारे सरोकारवाला विद्यालयका अध्यापकहरूबिच अन्तक्र्रिया गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिक्षामा कला र संस्कृतिलाई सँगसँगै लैजानुपर्ने बताउँदै शिक्षामा कल्चरल भ्यालुको सीमा पनि जोडिनुपर्ने बताउनुभयो । उहाँले ललितकलाको विकासका लागि स्थानीयस्तरका भाषा, इतिहास, कलालाई समेट्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले ललितकलाको उन्नयनका लागि देशभर स्थापित ललितकलाका शिक्षा अध्ययन गराउने संस्थाका बिच छलफल गर्न र पठनपाठन कसरी भइराखेको छ बुझ्न यस कार्यक्रमले थप सहयोग गर्ने बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कक्षा ११ र १२ मा ललितकला विषय कसरी सहज ढङ्गबाट अध्ययन गराउन सकिन्छ र देशैभरि ललितकला शिक्षाको महत्त्वका विषयमा जागरूक गराउन यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले देशलाई चिनाउन ललितकला महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले ललितकला क्षेत्रमा नेपाल सरकारले गनुपर्ने कार्यमा यस कार्यक्रमले मार्गदर्शन गर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका सहसचिव दिनानाथ गौतम, काठमाडौँ विश्वविद्यालय आर्ट एन्ड डिजाइन स्कुल अफ आर्ट्सका एसोसियट प्रोफेसर सुजन चित्रकार, सिर्जना स्कुल अफ फाइन आर्ट्सका प्रिन्सिपल डा. बालकृष्ण रञ्जित, सहायक प्रिन्सिपल नविन्द्रमान राजभण्डारी, राधेश्याम मुल्मी, विदुरराज गिरी, शारदामान श्रेष्ठ, काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्सका पेन्टिङ–एक्टिङ हेड सागर मानन्धर, पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत कमल मिश्र, शहिद शुक्र मा.वि.बाट केशवराज खनाल, कालिका मानवज्ञान मा.वि. बुटवलबाट सुमित्रा राना, पञ्चायत माध्यमिक विद्यालयबाट सञ्जु थापा मगर, वागीश्वरी मा.वि, भक्तपुरबाट सम्बिका बासुकलासँगै विजेश्वरी मा.वि, काठमाडौँ, नोबेल एकेडेमी, नयाँबानेश्वर,पिनाकल एकेडेमी, ललितपुरलगायतका प्रतिनिधि तथा प्रतिष्ठानका पदाधिकारी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।