नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र ह्याँउनिभाः अनुसन्धान केन्द्रको सहकार्यमा शुक्रवार (२०८२ साउन २३ गते ) ललितकलासम्बन्धी शोधप्रस्ताव लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली सभाध्यक्ष तथा बागमति प्रदेश सभा सदस्य समिता खड्गी श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा ह्याँउनिभाः अनुसन्धान केन्दका चेअरम्यान अनुप सिंह सुवालले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीसँगै प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
