नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लुम्बिनी समन्वय समिति र नेपाल व्यावसायिक कलाकार सङ्घ,रूपन्देहीको आयोजनामा बुधवार (२०८२ पुस २३ गते) ‘बुटवलमा क्यानभास’ कार्यशाला सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यशालामा ठाकुर विश्वकर्मा, मन गोल्डी, खेम घिमिरे, विजया खनाल, घनश्याम थापा, कुशल थापा, अमर क्षेत्री, नितिन न्यौपाने, प्रितम राना, राजु खड्का, डोलबहादुर आले, राजु रुचाल, रामअवतार थारु, अतीत नेपाली, प्रह्लाद चौधरी, हर्कबहादुर रम्तेल, सागर दर्लामी शिवप्रसाद कोरी, हरिबहादुर थापा, गङ्गाधर आर्चाय, शिशिर क्षेत्री, विमल राना, विवेक शर्मा, पूर्णबहादुर चौधरी, टिका बलामी, फिलिप रोका, सुमित्रा राना सुतपराई, दिलीप रसालीलगायतको सहभागी रहेको थियो ।

