नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा सिर्जनशील कलाकार समूह, पोखराको आयोजनामा शनिवार (२०८२ पुस ५ गते) पोखरा आर्ट ग्यालरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रादेशिक ललितकला प्रदर्शनी तथा ललितकलाका विविध विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो । छलफलमा कास्कीका अग्रज तथा नवपुस्ताका कलाकारहरूको सहभागिता रहेको थियो ।