नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा सिर्जनशील कलाकार समूह, पोखराको आयोजनामा बिहीबार (२०८२ पुस १० गते) पोखराको ह्याङजाकोटमा चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन सिर्जनशील कलाकार समूहका अध्यक्ष दलबहादुर गुरुङ र प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तावाले गर्नुभयो । कार्यक्रममा कलाकारहरू प्राज्ञ बुद्धि गुरुङ, यादवचन्द्र भुर्तेल, क्षेत्रलाल कायस्थ, लोकप्रसाद गुरुङसँगै अग्रज तथा नयाँ पुस्ताका कलाकारहरूको सहभागिता रहेको थियो ।