नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्य, गल्याङ नगरपालिकाको व्यवस्थापन तथा गल्याङ प्रज्ञा–प्रतिष्ठानको आयोजनामा शनिवार (२०८१ कार्तिक २४ गते) ‘स्थानीय प्रज्ञा–प्रतिष्ठान विषयक प्राज्ञिक विमर्श कार्यक्रम’ सम्पन्न भएको छ । स्याङ्जाको गल्याङ नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गल्याङ प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराई सभाध्यक्ष रहनुभएको थियो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख तथा गल्याङ प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक गुरुप्रसाद भट्टराई, गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिना, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका भाषा साहित्य विभाग प्रमुख रामहरि शर्मा ‘शराह’, गल्याङ नगरपालिका–३ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, ११ का वडाध्यक्ष दलबहादुर सिङ्जाली, ८ का वडाध्यक्ष झिमबहादुर थापा, ९ का वडाध्यक्ष नामदेव खनाल र १० का वडाध्यक्ष मुक्तिप्रसाद खनाललगायतको उपस्थिति रहेको थियो ।
प्राज्ञिक विमर्शमा सहभागी वक्ताले नेपाली ललितकला, संस्कृति, सङ्गीत, नाटक, भाषा, साहित्य तथा ज्ञान–विज्ञानको विषयलाई स्थानीय तहबाटै खोज अनुसन्धान, प्रदर्शनी, प्रशिक्षण, कार्यशाला, प्रकाशनलगायतका काम गर्नुपर्नेमा जोड दिनुभयो । विमर्शमा नगरप्रमुख गुरुप्रसाद भट्टराई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केली, नेपाल प्रज्ञा–प्रतिष्ठान सदस्य सचिव डा. धनप्रसाद सुवेदी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’, गोरे गुरुङ, रामहरि शर्मा ‘शराह’, कृष्णप्रसाद भट्टराई र दलबहादुर सिङ्जाली, चण्डिकाप्रसाद भट्टराईलगायतको सहभागिता रहेको थियोे ।
विमर्शको सहजीकरण गल्याङ प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य जीबी रानामगर, कार्यक्रमको सञ्चालन गल्याङ प्रज्ञा–प्रतिष्ठानका सचिव मिलन समीर, स्वागत मन्तव्य गल्याङ प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष सूर्यप्रसाद डुम्रेले गर्नुभएको थियो ।