नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको आयोजनामा फागुन ८ गतेदेखि १२ गतेसम्म हुन गइरहेको सुदूरपश्चिम ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ का लागि बुधवार (२०८१ माघ २३ गते) ३० सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख एवं सुदूरपश्चिम प्रदेश समन्वय समिति संयोजक प्रदीप अधिकारीका अध्यक्षतामा बसेको भेलाले गठन गरेको समितिमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी सह–संयोजक रहनुभएको छ । त्यस्तै भेलाले प्रदर्शनीलाई सहज तरिकाले सञ्चालन गर्न विभिन्न उपसमितिसमेत गठन गरेको छ ।
