नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ तथा प्राज्ञपरिषद् सदस्यहरू प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशीलगायतले शुक्रवार (२०८१ पुस १२ गते) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग प्रादेशिक ललितकला प्रदर्शनी २०८१ र प्रदेशका ललितकलाका विविध विषय तथा क्षेत्रमा गरिने सहकार्यका विषयमा छलफल गर्नुभयो ।