नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र खस सिँजा सभ्यता संरक्षण विकास प्रतिष्ठानको सहकार्यमा बिहीबार (२०८१ कार्तिक ८ गते) बाट कनकासुन्दरी गाउँपालिका, जुम्लामा सुरु भएको ‘सिँजा चित्रकला कार्यशाला’ शनिवार (२०८१ कार्तिक १० गते) सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामा र कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले संयुक्त रूपमा गर्नुभयो । सो समारोहमा गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढा तथा प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारी, प्राज्ञसभा सदस्य झिग्मे लामा, गाउँपालिकाका वडाध्यक्षहरू, विभिन्न राजनीतिक पार्टी तथा सङ्घसंस्थाका प्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा जुम्लाका संस्कृति झल्कने विभिन्न सांस्कृतिक प्रस्तुतिहरूसमेत प्रदर्शन गरिएको थियो ।
