नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलगायतका विभिन्न सङ्घसंस्थाको सहभागिता तथा ब्रिटिस काउन्सिल र काठमाडौँ महानगरपालिकाको आयोजनामा मिति २०८१ मङ्सिर ८ र ९ गते ‘वुमन अफ द वर्ल्ड फेस्टिभल नेपाल’ मा नक्सालस्थित नन्दिकेशर बगैँचामा आयोजित कार्यशालामा सिर्जना गरिएका कलाकृति प्रदर्शनीको समुद्घाटन सोमवार (२०८१ मङ्सिर १० गते) का दिन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र ब्रिटिस काउन्सिलका रिसर्च डाइरेक्टर Jill Richen ले संयुक्त रूपमा गर्नुभयो । प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य अरुणा हिङमाङका संयोजकत्वमा आयोजित कार्यक्रममा सौरगंगा दर्शनधारी, मिथिलादेवी यादव, संगी श्रेष्ठ, निरिमाया लामा, एरिना ताम्राकार, प्रमिला बज्राचार्य, सुनिता राणा, उसिना महर्जन, ज्योति खड्का, कलादेवी लिम्बू, सम्झना राजभण्डारी, रिजु बर्देवा, नम्रता सिंह, रुबी महर्जन, एन्जिला जोशी, विपना महर्जन, सविता डङ्गोल, दीपमाला महर्जन, सरिना लामिछाने, प्रतीक्षा तिवारीरहरूका किशोरी, महिला र तेस्रो लिङ्गीका जीवन, सङ्घर्ष र कामलाई समेटेर सिर्जना गरिएका २१ कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी मङ्सिर १५ गतेसम्म चल्ने छ ।