नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य र जिपी कोइराला मेमोरियल कलेज स्टुडेन्ट वेलफेअर क्लबको आयोजनामा ‘विश्व सामाजिक कार्य दिवस २०२५’को सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रममा मङ्गलवार
(२०८१ चैत ५ गते) प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विशिष्ट अतिथिका रूपमा सहभागिता जनाउनुभयो । कार्यक्रममा उहाँले ‘ललितकलाले नेपाली समाजमा पारेको सामाजिक प्रभाव’का विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सामाजिक कार्यसँग सम्बन्धित प्रस्तुति, अन्तरक्रिया तथा छलफलसमेत भएको थियो ।
