नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट ग्यालरीको संयुक्त आयोजनामा मङ्गलवार (२०८१ फागुन ६ गते ) बाट ‘वाटरकलर ओडिसी’ प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको नेपालका लागि चिनियाँ राजदूत Chen Song ले उद्घाटन गर्नुभयो । उहाँले बङ्गलादेश, चीन र नेपाललाई भौगोलिक रूपमा मात्र नभई कला र सांस्कृतिक सम्बन्धले थप नजिक बनाएको बताउनुभयो । उहाँले यस प्रदर्शनीले पारस्परिक सम्बन्ध प्रगाढ बढाउन थप सहयोग गर्ने धारणा राख्नुभयो । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कला विश्व भाषा तथा संस्कृतिबीचको सेतु भएको बताउँदै यसले विश्वलाई एकै मालामा उन्ने बताउनुभयो । उहाँले प्रर्दशनीले तीन देशबिचको सांस्कृतिक आदान–प्रदान तथा आपसी भाइचारा अभिवृद्धि गर्न थप टेवा पु¥याउने धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्डका निर्देशक नन्दनी लहे थापाले प्रर्दशनीमा दक्षिण एसियाको पुरातात्विक सांस्कृतिक सौन्दर्य कला मार्फत झल्केको बताउनुभयो । प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा प्रदर्शनीका चिफ क्युरेटर प्रदीप शाक्यले प्रदर्शनीलाई नेपाल, चीन र बङ्गलादेश त्रिकोणात्मक सम्बन्धलाई एक डाइमन्ड जेमसँग तुलना गर्नुभयो । उहाँले यस्ता प्रदर्शनीले कुशल जलरङकर्मी जन्माउन सहयोग गर्ने बताउनुभयो ।
प्रदर्शनीमा बङ्गलादेश, चीन र नेपालका क्रमशः Abdullah Al Bashir, Kamruzzoha, Kanak Chanpa Chakma, Mong Mong Sho, Shahanoor Mamun, Sourav Chowdhury, Chen Liu, Li Hongbing, Li Yixiang, Liang Bingyu, Peng Keyue, Wang Hongyun, Ratan Kumar Rai, D Ram Palpali, Jeevan Rajopadhyay, Shreejan Rajbhandari, Keshab Raj Khanal, NB Gurung कलाकारहरूले सहभागिता जनाउनुभएको छ । फागुन १० गतेसम्म चल्ने प्रदर्शनीमा ४० कलाकृति राखिएका छन् । प्रदर्शनीको क्युरेटिङ टिममा Mong Mong Sho, Liang Bingyu, Pradip Shakya, Saurganga Darshandhari रहनुभएको थियो ।