नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधवार (२०८१ मङ्सिर २६ गते) लोककलाका विविध विषय तथा आयामका बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, संजय वान्तवा राई, अरुण हिङमाङ, प्राज्ञ एसी सुमन र ताराप्रसाद ओझा, लेखक विक्रममणि त्रिपाठी, कलाकारहरू चक्र थापा, मनरा प्रजापति, दीपमाला महर्जनलगायतको सहभागिता रहेको थियो ।