नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले नेपाली चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक बहुआयामिकलगायत विविध विधा–उपविधागत कलामा ‘अनुसन्धान, सिर्जना र सम्मानका खातिर ललितकलाको संरक्षण, संवर्धन एवं सर्वाङ्गीण विकासार्थ विशेष रणनीतिक योजनासाथ सिर्जनात्मक क्रियाकलापहरू गर्दै/गराउँदै आएको छ । राष्ट्रिय ललितकला प्रदर्शनी सातै प्रदेशका विभिन्न विधाका प्रतिभावान् सिर्जनशील कलाकारहरूलाई एउटै थलोमा सहभागी गराई नेपाली कलाको संवर्धन तथा प्रवर्धन गर्ने उद्देश्य बोकेको राष्ट्रकै ठुलो ललितकला प्रदर्शनी एक महोत्सव पनि हो । मौलिकताको जगेर्ना, कलाको समृद्धि, रोजगारीको सिर्जना र देशको सांस्कृतिक अर्थतन्त्रमा समेत योगदान पु¥याउने यस प्रदर्शनीलाई सम्पूर्ण कलाकार, कलामर्मज्ञ, कला सरोकारी एवम् कलापारखी व्यक्तिव्यक्तित्वहरूले महोत्सवका रूपमा मनाउँदै आइरहेका छौँ ।
प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’मार्फत छानिएका कलाकृति समावेश गरेर जेठ १५ गतेबाट ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ गर्न लागेको छ ।   सोमवार  (२०८२ जेठ १२ गते ) आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानको तत्कालको गतिविधिसँगै आफ्नो ४ बर्से कार्यकालको मध्यावधि भएकाले आगामी दिनको रणनीति तय गर्दै गरेको बताउनुभयो । उहाँले यस प्रदर्शनीसँगै तेस्रो वर्षमा अनुसन्धानलाई जोड दिँदै कलाकारको सर्वेक्षण र प्रोफाइल तयार गर्ने र विविध कला अभियानलाई अघि बढाउने रणनीतिक योजना रहेको धारणा राख्नुभयो ।
उपकुलपति तथा प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले राष्ट्रिय ललितकला प्रदर्शनीको इतिहासको चर्चा गर्दै यसमार्फत मौलिकताको जर्गेना, रैथाने कलाको पहिचान गरी मूलधारमा ल्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।
सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले यस वर्षको प्रदर्शनीमा नेपालका सीमान्तकृत, अल्पसङ्ख्यक समुदायदेखि लोपोन्मुख तथा प्रचलित विविध विधाका कलाकृति समेटिने बताउनुभयो । उहाँले यस वर्षको समाज रूपान्तरणमा ललितकलाकर्मीले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
प्राज्ञसभा सदस्य तथा प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यले २०८० र २०८१ को प्रदर्शनी ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भावमा समर्पित रहेको र अहिलेको प्रदर्शनी पनि सो भावनालाई आत्मसाथ गर्दै गरिन लागिएको बताउनुभयो । उहाँले सामाजिक रूपान्तरणमा कलाकारको भूमिका के हुन सक्छ र समाज रूपान्तरण हुँदै गर्दा के साँच्चै कलाकार पनि परिवर्तन हुन सके त भन्ने प्रश्नको जबाफ खोज्ने थिममा रहेर यो प्रदर्शनीको क्युरेटिङ गरिएको धारणा राख्नुभयो ।
प्रतिष्ठानले दोस्रो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने जानकारी समेटिएको विस्तृत विवरणसहितको सार्वजनिक सूचना २०८१ पुस ०७ गते जारी गर्दै देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरेको थियो । यसैअनुरूप प्रादेशिक ललितकला प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृतिसमेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ मा ५७१ कलाकारका ६०६ कलाकृति प्रदर्शनीमा राखिने छ । जसअन्तर्गत कोसी प्रदेशबाट ८२ कलाकारका ८२, मधेस प्रदेशबाट ८८ कलाकारका ९८, बागमती प्रदेशबाट १६४ कलाकारका १८३, गण्डकी प्रदेशबाट ५३ कलाकारका ५५, लुम्बिनी प्रदेशबाट ६५ कलाकारका ६६, कर्णाली प्रदेशबाट ४० कलाकारका ४१, सुदूरपश्चिम प्रदेशबाट ३९ कलाकारका ३९ कलाकृति गरी ५३१ कलाकारका ५६४ कलाकृति प्रदर्शनीमा रहने छन् । प्रदर्शनीमा अप्रतियोगीअन्तर्गत ४५ र आमन्त्रित ३३ गरी ७८ कलाकारका ७९ कलाकृति पनि समावेश हुने छन् ।
विधागत रूपमा समसामयिक चित्रकलाका २०१ कलाकारका २०८, परम्परागत चित्रकलाका ७२ कलाकारका ७३, समसामयिक÷आधुनिक मूर्तिकलाका ५१ कलाकारका ५२, परम्परागत मूर्तिकलाका १६ कलाकारका १८, वास्तुकला तथा लोककलाका ८४ कलाकारका ८८, शिल्प–हस्तकलाका ७४ कलाकारका ७९, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत छविकलाका ४५ कलाकारका ५९, प्रतिस्थापन कलाका ९ कलाकारका ९, कार्टुनका १३ कलाकारका १४, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका १ कलाकारको १, भावभङ्गी कलाका २ कलाकारका २ कलाकृति प्रदर्शनीमा रहने छन् ।
फागुन ०४ गतेदेखि चैत ०१ गतेसम्म भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ कर्णालीको जन नमूना मावि (फागुन ०६–१० गतेसम्म सुर्खेत), कोसीको नेपाल तमु गुरुङ गुम्बा, बेलबारी (फागुन १६– फागुन २० गतेसम्म मोरङ), मधेसको मैथिली विकास कोष ( फागुन २०– फागुन २४ गतेसम्म जनकपुरधाम), बागमतीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ( फागुन २६– चैत १ गतेसम्म नक्साल), गण्डकीको पोखरा आर्ट ग्यालरी (फागुन ०४–०८ गतेसम्म पोखरा), लुम्बिनीको रुपन्देही उद्योग सङ्घ (फागुन १०–१४ गतेसम्म बुटवल) र सुदूरपश्चिमको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान (फागुन ०८–१२ गतेसम्म धनगढी) मा सम्पन्न भएको थियो ।
यस वर्ष ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ अग्रज कलाकारहरू डा. सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरिने छ । यस पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र रहेको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र नेपाल टेलिभिजनका शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरिने छ । ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०/३० हजार र सम्मानपत्र रहेको छ । ललितकला प्रवद्र्धन सम्मान भने नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरिने छ ।
सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल (परम्परागत चित्रकला)लाई प्रदान गरिने छ । यस पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक÷आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शंकरकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्र्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफीतर्फ सफल प्रकाश श्रेष्ठलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार भीमबहादुर बिकलाई प्रदान गरिने छ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोसीबाट भावना गुरुङ, मधेसबाट निरुपम जयसवाल, बाग्मतीबाट सुप्रिना घलान, गण्डकीबाट धावा दोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरिने छ । यस पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट ङावाङ छिरि शेर्पा (परम्परागत चित्रकला), मधेसबाट सोनाम सिंह भ्लोन (हस्तकला) बागमतीबाट रीना शाक्य (परम्परागत चित्रकला), गण्डकीबाट दलबहादुर गुरुङ (समसामयिक चित्रकला), लुम्बिनीबाट लिलाधर केसी (समसामयिक चित्रकला), कर्णालीबाट कुमारी सिता मल्ल (समसामयिक चित्रकला), सुदूरपश्चिमबाट रमेश कडायत (समसामयिक चित्रकला) लाई प्रदान गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ ।
त्यस्तै, प्रादेशिक ललितकला पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोसीबाट महेन्द्र राई, मधेसबाट युगेश घिमिरे, बाग्मतीबाट सुन्दर लामा, गण्डकीबाट मनोज तामाङ, लुम्बिनीबाट आकाश बुढा मगर, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट दिपक आउजी, समसामयिक मूर्तिकलातर्फ कोसीबाट सुमन राई, मधेसबाट योगेन्द्र पण्डित कुम्हार, बागमतीबाट करुणा श्रेष्ठ, गण्डकीबाट रिहाना परियार, लुम्बिनीबाट बुद्ध थारू, कर्णालीबाट टोपेन्द्र डाँगी, सुदूरपश्चिमबाट महेन्द्र पुन मगर, परम्परागत चित्रकला विधातर्फ कोसीबाट दावा साङ्मु शेर्पा, मधेसबाट सोनम सिंह भ्लोन, बागमतीबाट रोशन ख्याजु, कर्णालीबाट सोनाम डोल्मा तामाङ, परम्परागत मूर्तिकलातर्फ कोसीबाट प्रतिक मञ्जुल बराइली, बागमतीबाट महेश शिल्पकार, शिल्प–हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा (शिवकुमार राई), मधेसबाट सन्तोष यादव, बागमतीबाट सरोज सुनार, गण्डकीबाट विष्णु मुक्तान तामाङ, लुम्बिनीबाट बाल गोविन्द त्रिपाठी, कर्णालीबाट सोविन शाही, सुदूरपश्चिमबाट लालबहादुर कुमाल, वास्तुकला तथा लोककलातर्फ कोसीबाट माधवी कर्ण, मधेसबाट आरतीकुमारी साह, बागमतीबाट युनेस नापित श्रेष्ठ (वास्तुकला), लुम्बिनीबाट संचिता अग्रहरी, सुदूरपश्चिमबाट मित्थु थारू, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन कलामा बागमतीबाट विनयबहादुर रिमाल क्षेत्री, कला फोटोग्राफीमा कोसीबाट अर्जुन कुलुङ राई, मधेसबाट प्रशान्त चौधरी, गण्डकीबाट सृजना भुर्तेल, लुम्बिनीबाट मनी राम पन्थ र सुदूरपश्चिमबाट माधव ओझालाई पुरस्कृत गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ३०÷३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यस वर्षको प्रतिष्ठानको उत्कृष्ट कर्मचारी सम्मान भने धनबहादुर श्रेष्ठ र सिर्जना तामाङ राईलाई प्रदान गरिने छ ।
अघिल्लोवर्षबाट सुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति –ललितकला) पुरस्कार २०८१’ कलाकार अस्मिना रञ्जित र ‘सहिद कलाकार बाबुराम लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ गंगाधर सारुलाई प्रदान गरिने छ । यी पुरस्कारको राशी ५०÷५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को मूल्याङ्कन समितिमा डा. सीमा शर्मा शाह, राधेश्याम मूल्मी, उदयचरण श्रेष्ठ, पूर्णप्रसाद ह्योजु, ताराप्रसाद ओझा, रामनारायण महतो, प्रविण श्रेष्ठ, धर्मराज शाक्य, एरिना ताम्राकार, नवेन्द्र लिम्बू र प्रतिमा थकाली रहनुभएको थियो ।
‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को लोगो २०८० मै (प्रतीक) चिन्ह प्राज्ञ एवम् कलाकार प्रदीप शाक्यले बनाउनुभएको हो । उहाँ प्रदर्शनीको क्युरेटर समेत हुनुहुन्छ ।
कार्यक्रममा प्रादेशिक ललितकला प्रदर्शनी २०८१ मा महत्त्वपूर्ण योगदान पु¥याउनुहुने बेलबारी प्रज्ञा–प्रतिष्ठान, बेलबारी मोरङ (कोसी), मैथिली विकास कोष ( मधेस, जनकपुर), गण्डकी प्रज्ञा–प्रतिष्ठान, कास्की, पोखरा (गण्डकी), नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही (लुम्बिनी),सानु चौधरी, सभापति, थारु कल्याणकारिणी सभा (सुदूरपश्चिम), सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान (सुदूरपश्चिम, धनगढी) लाई पनि सम्मान गरिने छ ।
प्रदर्शनीका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान, सांस्कृतिक संस्थान, सामाजिक विकास मन्त्रालय(कोसी प्रदेश), बेलबारी नगरपालिका, बेलबारी प्रज्ञा–प्रतिष्ठान, मैथिली विकास कोष, गण्डकी प्रज्ञा–प्रतिष्ठान, नेपाल व्यावसायिक कलाकार सङ्घ (रुपन्देही), बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, नेपाल कमर्सियल आस्टिस्ट सङ्घ (सुर्खेत), जननमुना माध्यामिक विद्यालय (वीरेन्द्रनगर, सुर्खेत), थारु कल्याणकारिणी सभा, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, संवाद फाउन्डेसनले सहकार्य गर्नुभएको छ भने मिडिया पार्टनरका रूपमा राष्ट्रिय फोटो पत्रकार समूह रहेको छ । जेठ ३० गतेसम्म चल्ने प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।