नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषको आयोजना र जनकपुर उपमहानगरपालिकाको सहकार्यमा मङ्गलवारबाट धनुषाको जनकपुरधामस्थित मैथिली विकास कोषमा सुरु भएको ‘मधेस प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ शनिवार (२०८१ फागुन २४ गते ) सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख तथा मधेस प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङ, प्रतिष्ठानका प्राज्ञसभा सदस्य अजमत अली अन्सारी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, प्राज्ञ एससी सुमन, प्राज्ञ रमेशरञ्जन झा, मैथिली विकास कोषका सदस्य सचिव श्यामसुन्दर शशी, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, प्रदेशका कलाकार, पत्रकार, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । समापनको अघिल्लो दिन ‘ शुक्रवार ‘प्रादेशिक प्रदर्शनीको महत्त्व’ विषयक बहस सम्पन्न भएको थियो । उक्त बहसमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख तथा मधेस प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङ, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, प्राज्ञ एससी सुमन र मैथिली विकास कोषका सदस्य सचिव श्यामसुन्दर शशी वक्ता रहनुभएको थियो । कार्यक्रमको सञ्चालन मैथिली विकास कोषका सदस्य कुमार भाष्करले गर्नुभएको थियो ।