नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र लुम्बिनी प्रदेश रुकुम (पूर्वी भाग) को भूमे गाउँपालिकाबिचको सहकार्यमा सम्पन्न हुने ‘भेरीडाँडा शान्ति सङ्ग्रहालय तथा स्तम्भ निर्माण’का विषयमा बुधवार (२०८२ वैशाख ३१ गते ) छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्रतिष्ठानका लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतो तथा प्रतिष्ठानका प्राज्ञपरिषद्, प्राज्ञसभा सदस्य, भूमे गाउँपालिकाको योजना तथा अनुगमन शाखाबाट चेतन बुढामगर र विभिन्न सङ्घसंस्था तथा क्षेत्रलाई प्रतिनिधित्व गर्ने कलाकारहरूको सहभागिता रहेको थियो ।