नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र Habitat Nepal को सहकार्य तथा All in Foundation को आयोजनामा शनिवार (२०८१ माघ १२ गते) बाट सुरु भएको ‘प्रतिविम्ब’ शीर्षकको फोटोग्राफी प्रदर्शनी आइतबार (२०८१ माघ १३ गते) सम्पन्न भएको छ । प्रदर्शनीको प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले उद्घाटन गर्नुभएको थियो । प्रदर्शनीमा राखिएका फोटोग्राफीमा जलवायु सङ्कटका विविध विषय तथा आयामलाई समेटिएको थियो ।