नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, गण्डकी प्रज्ञा–प्रतिष्ठान, bindu space for artist, Essence of Mulranny को आयोजना र सिर्जनशील कलाकार समूहको सहकार्यमा कास्कीको पोखरामा सोमवार(२०८१ पुस २९ गते)बाट सुरु भएको From the Rockies to the Himalayas कला प्रदर्शनी मङ्गलवार (२०८१ माघ ०१ गते) सम्पन्न भएको छ । प्रदर्शनीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो । उहाँले पर्यटकीय नगरी पोखरालाई कला नगरीको रूपमा चिनाउन यस्ता प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा सम्झौता गरेरै यस्ता कार्यक्रममा सहकार्य गरिने धारणा राख्नुभयो । प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले काठमाडौँमा भइरहने यस्ता खाले प्रदर्शनीलाई पोखरामा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । यो । प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले काठमाडौँमा भइरहने यस्ता खाले प्रदर्शनीलाई पोखरामा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँका कलाकारहरूले नयाँ कुरा सिक्ने र आफ्ना ज्ञान, सीप आदानप्रदान गर्ने मौका पाउनुभयो । यस्ता कार्यक्रमलाई निन्तरता दिन प्रदेश तथा पालिका सरकारहरूको सहयोग महत्त्वपूर्ण हुन्छ ।’ आयरल्यान्डका कलाकार लोरा मर्फीले कार्यक्रमका आयोजकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
प्रदर्शनीमा ३० जना नेपाली कलाकारका ३० तथा अमेरिकाका २२, डेनमार्क २, आयरल्याण्डका २ गरी २६ जना कलाकारका १७ गरी ४७ कलाकृति राखिएका थिए । जसमा नेपालका दुर्गा बराल, क्षेत्रलाल कायस्थ, हरेराम जोजीजु, सुनील सिग्देल, राधिका कँडेल, शिव सिर्पाली, दलबहादुर गुरुङ, सुदिन श्रेष्ठ, विश्व केसी, अमृत परियार, गौरवबाबु घिमिरे, बमन चालिसे, पारु अधिकारी, आकाश गुरुङ, हेमकान्ति गुरुङ, निशान्त थापा, मनोज तामाङ, मदन राई, रिक गुरुङ, जीवेन्द्र गुरुङ, पदम घले, राम गुरुङ, नगेन सिंह ठकुरीलगायत तथा अमेरिका, डेनमार्क र आयरल्याण्डका Wimberley Burton, Lorrie Isaacs, Vilee Lopez, Kerry Carrillo, David Carrillo, LIsa Cirenza, Husa Adams, Catherine Anderson, Nancy Torbitt Stewart, Amy-Lyn Gumprecht, Sybil Robb, Susan Justus, Alice GAlick, Lori Wrubel, Stan Frankenthaler, Lesley Clarke, Bess French, Tracey Waldron, Yvette Duarte Dietlind Vander Schaaf, Michele Randall, Sean Patrick O’Grady, Kevin Conway लगायतका कलाकार हुनुहुन्छ ।
प्रदर्शनीअन्तर्गत मङ्गलवार केशव राज खनालले ‘नेपालमा बहुआयामिक कलाको अवस्था’ र पृथ्वी श्रेष्ठ/सुनिल सिग्देलले ‘Performance Art in Nepal’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य राधिका कँडेल, अग्रज कलकार क्षेत्रलाल कायस्थलगायतसँगै विभिन्न कलाकार, पत्रकार तथा सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।