नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला विभाग र तामाङ पत्रकार सङ्घ काठमाडौँ शाखाको सहकार्यमा आयोजित ‘परम्परागत कलाको आयाम’ विषयक विमर्श कार्यक्रम सोमवार (२०८१ चैत २५ गते) सम्पन्न भएको छ । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्राज्ञ पाल्साङ्मो लामा, पौभा कलाकार/लेखक उजय बज्राचार्य, पौभा कला व्यावसायी सुनिल शाक्य र थाङ्का कला व्यावसायी अनिल घिसिङ वक्ता र सहजकर्ता पत्रकार सुशीला तामाङ रहनुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य, प्राज्ञसभा सदस्य, विभिन्न पौभा/थाङ्का कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।