नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहकार्यमा धनकुटा, साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा सोमबारबाट सुरु भएको ‘तीन दिने समसामयिक चित्रकला राष्ट्रिय सम्मेलन’ बुधवार (२०८१ असार १९ गते) सम्पन्न भएको छ। कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीसँगै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीसँगै प्राज्ञपरिषद् सदस्य संजय वान्तवा राई, प्रतिष्ठानका प्राज्ञसभा सदस्य सङ्गी श्रेष्ठ, अजमत अली, कलाकारहरू सरोजा खड्गी, युवराज रिजाल, छितेन शेर्पा, महेन्द्र राई, अनुराधा थापा, सविन उपाध्याय, गणेश लामा, डिल्ली आले, जितेन राई, प्रनोद दत्त, मुकुन्द प्रयास, मुकेश श्रेष्ठ, राजन पन्त, किरण सिगु, कृष्ण लामा, उद्धव रिमाल, राकेशचन्द्र श्रेष्ठ, सुदर्शनविक्रम राणा, चन्द्रकुमार राई, गोपाल दरै, सुदिन श्रेष्ठ, नगेन सिंह, श्यामसुन्दर यादव, मनु चौधरी, एचबी रम्तेल, खेम घिमिरे, हिमालय गौतम, पाल्साङविक्रम लामा, यसोदाकुमारी सिंह, सुरेश प्रतीकलगायतको सहभागिता रहेको थियो ।