शिल्पकलायात्रा सम्पन्न

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत शिल्पकला विभागको आयोजनामा आयोजित परम्परागत चित्रकलाका दिवङ्गत र वर्तमानका चर्चित कलाकारहरुको चित्रकला प्रदर्शनी तथा लेखक ज्ञानेन्द्र विवशद्वारा लिखित पुस्तक “कलाकार सिद्धिमुनि शाक्य जीवन र कला” विमोचन कार्यक्रमको समुद्घाटन समारोह नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति के.के कर्माचार्यले एक भव्य समारोहका विचमिति २०७८फागुन ५ गते विहिबार गर्नुभयो । चित्रकलाको अवलोकन रिवन काटेर गर्नु भएको उक्त कार्यक्रमको विशेष अतिथिको रुपमा उपकुलपति गोपाल चित्रकार, सदस्य सचिव विपिनकुमार घिमिरे रहनु भएको थियो भने प्राज्ञपरिषद् सदस्य रमेशनाथ खनाल, मिथिला देवी यादव, सुषमा राजभण्डारी, धर्मराज शाक्य, प्राज्ञ मानबहादुर दोङ, प्राज्ञ निमा धिम्छो लामा, वरीष्ठ कलाकार पूर्ण प्रसाद ह्योजु, उदय चरण श्रेष्ठ, मुक्ति सिंह थापा, लोक चित्रकार, राधेश्याम मुल्मी, सुरेन्द्रमान शाक्य, पत्रकार सिताराम वडालको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व परम्परागत शिल्पकला विभागका प्रमुख प्राज्ञ बुद्धिबहादुर गुरुङले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन जंग पहाडीले गर्नु भएको थियो । दिवङ्गतका प्रसिद्ध अग्रज तथा बर्तमानका चर्चित कलाकारहरुको सामूहिक चित्रकला प्रदर्शनी शिल्पकला यात्रा यसअघि देशव्यापी रुपमा सम्पन्न गरि यसको समापन समारोहमा शिल्पकला यात्राका सहभागी कलाकारहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।