नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समूहको संयोजनमा फागुन ४ गतेबाट सुरु भएको ‘गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ बिहीबार (२०८१ फागनु ८ गते) सम्पन्न भएको छ । गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टको प्रमुख आतिथ्य तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठसँगै प्रदेशका विभिन्न कलाकारहरूको सहभागिता रहेको थियो । प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख तथा गण्डकी प्रदेश समन्वय समिति संयोजक सौरगंगा दर्शनधारीले प्रदर्शनीको समापन गर्नुभएको थियो ।
