नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको तथा मेलुङ गाउँपालिका, दोलखाको सहकार्य तथा चरिकोट मिडिया फाउन्डेसनको व्यवस्थापनमा मङ्गलवार (२०८२ वैशाख १६ गते) दोलखाको मेलुङस्थित भेड्पुमा ‘क्यानभासमा मेलुङ’ कार्यशाला सम्पन्न भएको छ । पालिकाको पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई चित्रकलामार्फत उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यशालाको प्रतिष्ठानका उपकुलपति लालकाजी लामा तथा गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले ललितकलालाई गाउँ–गाउँमा पु¥याउन यस कार्यक्रमको गरिएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङले पालिकामा कला–संस्कृतिको जगेर्नाका क्षेत्रमा काम भइरहेको उल्लेख गर्दै पालिकाका सांस्कृतिक तथा पर्यटकीय क्षेत्र तथा सम्पदालाई थप चिनाउनसमेत आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य, गाउँपालिकाका प्रवक्ता नवराज खड्का र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चापागाईंलगायतले पनि कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो ।
लालकाजी लामा, एनबी गुरुङ, डिबी राई, डिबी भण्डारी, विकु थापा, रूपक राई, किशोर नकर्मी, रुद्रबहादुर पुन, रसिकराज, जीवन तामाङ, ओम गुरुङ, मनारा प्रजापति, रमिला महर्जन, विक्रम मोक्तान, गोकुल श्रेष्ठ, जीवन लामा, कालुराम जिम्बा, विनोद लिम्बू, साहिल तामाङ, राज महर्जन, अनिल राईलगायतका कलाकारले सहभागिता जनाउनुभएको कार्यशालामा सिर्जित कलाकृतिको प्रदर्शनी वैशाख १७ गते चरिकोटमा गरिएको छ ।