नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र एपेक नेपालको संयुक्त आयोजनामा शुक्रवार (२०८१ कार्तिक ९ गते) ‘काव्य–चित्र सिर्जना उत्सव’ स्थलगत काव्य–चित्र सिर्जना कार्यक्रम सम्पन्न भएको छ । यस उत्सवअन्तर्गत १५ जना कविहरू विश्वमोहन श्रेष्ठ, राजेन्द्र शलभ, विधान आचार्य, स्नेह सायमि, किशोर पहाडी, गीता कार्की, मोमिला, रजनी ढकाल, मणि लोहनी, बाबु त्रिपाठी, प्रज्वल अधिकारी, सुमन थापा, अनिता लामा, ओम रिजाल, दीप दर्पणका कवितामा आधारित रहेर क्रमशः १५ जना कलाकारहरू दिनेश्वर महतो, अरुणा हिङमाङ, सौरगंगा दर्शनधारी, सन्तोष राई, दीपेन्द्रमान बनेपाली, देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, संजय बान्तवा राई, किरण मानन्धर, रमेशनाथ खनाल, नरेन्द्रबहादुर श्रेष्ठ, केशव राज खनाल, राधेश्याम मुल्मी, विपना महर्जन, के.के.कर्माचार्य र सुन्दर लामाले कला सिर्जना गर्नुभएको थियो । कलाकृति सिर्जनापश्चात आयोजित औपचारिक कार्यक्रममा कविहरूले कवितावाचन गर्नुभएको थियो ।
समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा राईले ललितकलामा यो उहाँले कार्यक्रम फरक प्रयोग भएको बताउनुभयो । उहाँले साहित्यकार तथा ललितकलाकर्मीलाई जोड्न यस्ता कार्यक्रम सहयोगी हुने बताउनुभयो । एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग सहकार्यमा पहिलोपटक यस कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।