नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, bindu space for artist, Essence of Mulranny र काठमाडौँ ट्रिएनालेको आयोजनामा शुक्रवार (२०८१ माघ ४ गते)बाट नक्सालमा From the Rockies to the Himalayas कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलालाई विश्वभाषा भएको र यसलाई बुझ्न र बुझाउन यस्ता खाले प्रदर्शनीमहत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले प्रदर्शनीलाई संस्कृति, ज्ञान, सिप आदान–प्रदानसँग जोड्दै कलाकारहरूले विश्व मानवहितका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो ।
पूर्व कुलपति किरण मानन्धरले यस्ता प्रदर्शनी गर्न प्रतिष्ठानले लिएको अग्रसरताप्रति खुसी व्यक्त गर्दै यस प्रदर्शनीमा सहभागी हुन पाएकोमा हर्षित भएको बताउनुभयो । प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले पोखरामा गरिएको प्रदर्शनीले सबैलाई उत्साहित बनाएको र काठमाडौँमा गरिएको यस प्रदर्शनी अझ महत्त्वपूर्ण भएको धारणा राख्नुभयो । आयरल्यान्डका कलाकार लोरा मर्फीले यस प्रदर्शनीका लागि नेपाल ललितकला प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रदर्शनीले कलाकारहरूलाई फरक देशको कला, भाषा, संस्कृति बुझ्नलाई थप सहयोग पु¥याउने बताउनुभयो । प्रदर्शनीमा नेपालका कलाकारका ६५ कलाकारका ६५ तथा अमेरिकाका २२, डेनमार्क २, आयरल्यान्डका २ गरी २६ जना कलाकारका १७ गरी ८२ कलाकृति राखिएका थिए । जसमा नेपालका नारदमणि हार्तम्छाली, केके कर्माचार्य, किरण मानन्धर, लालकाजी लामा, देवेन्द्रकुमार काफ्ले, पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ, सुन्दर सिंख्वाल, मानबहादुर दोङ, लालमान लामा, झिग्मे लामा, जेनी नकर्मी, जेनी घले, सम्झना राजभण्डारी, भाइराजा महर्जन, एनबी गुरुङ, सोनाम सिंह भ्लोन, शारदामान श्रेष्ठ, गौतम मानन्धर, केशवराज खनाल, कृष्ण लामा, मुना भडेल, अनिल शाही, नेमबहादुर तामाङ, दीपेन्द्र शाक्य, नीरबहादुर तामाङ, माइला दोङ, मुकेश श्रेष्ठ, सुरज लामा, राजु तामाङ, उजय बज्राचार्य, राजु तामाङ, मिङ्मार योञ्जन, साइला लामा, रुजल बज्राचार्य, सृजेन बज्राचार्य, कमलनारायण श्रेष्ठ, सुलभ शाक्य, राजकुमार राना, चन्द्रश्याम डङ्गोल, सुरज शाक्य, माणिकमान शाक्यलगायत तथा अमेरिका, डेनमार्क र आयरल्यान्डका Wimberley Burton, Lorrie Isaacs, Vilee Lopez, Kerry Carrillo, David Carrillo, LIsa Cirenza, Husa Adams, Catherine Anderson, Nancy Torbitt Stewart, Amy-Lyn Gumprecht, Sybil Robb, Susan Justus, Alice GAlick, Lori Wrubel, Stan Frankenthaler, Lesley Clarke, Bess French, Tracey Waldron, Yvette Duarte Dietlind Vander Schaaf, Michele Randall, Sean Patrick O’Grady, Kevin Conway लगायतका कलाकार हुनुहुन्छ । प्रदर्शनी ६ गतेसम्म चल्ने छ ।