नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मङ्गलवारबाट सुरु भएको ‘ललितकला मेला– २०८२’ अन्तर्गत शुक्रवार (२०८२ वैशाख ०५ गते) ‘कविताको रङ’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा श्रवण मुकारुङ, बाबु त्रिपाठी,केशव सिलवाल, शकुन्तला जोशी,प्रज्वल अधिकारी, रिमा केसी, लक्ष्मी रुम्बा, स्वप्निल स्मृति, रसिक राज भूमिका थारूले कविता वाचन गर्नुभएको थियो ।