‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ अन्तर्गत शुक्रवार (२०८१ जेठ १८ गते ) वास्तुकला तथा अन्य सिर्जनात्मक(बहुआयामिक) कला विधामा सहभागी कलाकारका सिर्जनाका बारेमा छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यद्वय सौरगंगा दर्शनधारी, अरुणा हिङमाङ तथा कलाकारहरू रञ्जित कुँवर, अमर श्रेष्ठ, सानुराज डङ्गोल, चक्रबहादुर थापा, प्रशंसा शाक्य, हिरा चौधरी थारू, अफ्जल खान, टासी सलाका शेर्पालगायतको उपस्थिति रहेको थियो ।