नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घ, सुर्खेतको संयोजनमा सुर्खेतमा फागुन ६ गतेबाट सुरु भएको ‘कर्णाली प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ शनिवार (२०८१ फागुन १० गते ) सम्पन्न भएको छ । कर्णाली प्रदेशको ललितकला क्षेत्रको पुनर्जागरण, उत्थान र प्रवर्धनका लागि आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी तथा विशेष अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामा र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) हुनुहुन्थ्यो । प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख एवं कर्णाली प्रदेश समन्वय समिति संयोजक पाल्साङ्मो लामाका अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य झिग्मे लामा र निरिमाया लामासँगै प्रदेशका विभिन्न कलाकार, विद्यार्थी,सङ्घ–संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको थियो ।