नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाबिच लिम्चुङबुङ गाउँपालिकाको केन्द्र वराहाको पर्यटकीय क्षेत्र एभरेस्ट भ्युटप डाँडामा निर्माण भएको टावरमा आगामी आ.व. २०८२/०८३ मा काम सुरु गरी २०८३/०८४ भित्र कार्य सम्पन्न गर्ने गरी सांस्कृतिक सौन्दर्यीकरण गर्ने, लिम्चुङबुङ सङ्ग्रहालय स्थापना गर्ने, त्यहाँ मूर्तिकला उद्यान तथा पार्क निर्माणका लागि सहकार्य गर्ने सन्दर्भमा सोमवार (२०८१ माघ २१ गते ) समझदारी–पत्र मा हस्ताक्षर भएको थियो । समझदारी–पत्रमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली र गाउँपालिकाका तर्फबाट गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले समझदारी–पत्रमा हस्ताक्षर गर्नुभएको थियो । उक्त अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्ले, संस्कृतिकर्मी तेजविलास अधिकारीलगायतको सहभागिता रहेको थियो ।