नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले मङ्गलवार (२०८३ साउन २६ गते )शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त पदाधिकारीहरूलाई कुलपति एरिणा ताम्राकारले शपथ ग्रहण गराउनुभएको हो । कुलपति ताम्राकारले २०८३ साउन २२ गते शुक्रवार माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल सामु पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले मिति २०८३ साउन २० गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति एरिणा ताम्राकारसँगै उपकुलपति चन्द्रश्याम डंगोल, सदस्य सचिव कैलाशकुमार श्रेष्ठ, परिषद् सदस्यहरू क्रमशः जुपिटर प्रधान, कुबिर देवान, सङ्गी श्रेष्ठ, ध्रुवराज शर्मा, ओमप्रकाश यादव र विणा पौड्याललाई नियुक्त गर्नुभएको थियो ।
प्राज्ञसभा सदस्यहरूलाई भने माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले २०८३ साउन १९ गते मनोनीत गर्नुभएको थियो। प्राज्ञसभा सदस्यहरूमा एरिणा ताम्राकार, चन्द्रश्याम डंगोल, कैलाशकुमार श्रेष्ठ, जुपिटर प्रधान, कुबिर देवान, सङ्गी श्रेष्ठ, ध्रुवराज शर्मा, ओमप्रकाश यादव, विणा पौड्याल, भूवन थापा, सुनिता राणा, दलबहादुर गुरुङ, उजय बज्राचार्य, मिना कायस्थ, इन्दिरा श्रेष्ठ, रन्जुकुमारी यादव, इसान परियार, विष्णुप्रसाद श्रेष्ठ, इन्द्रप्रसाद शिल्पकार, दिपक आउजी, नारायणबहादुर गुरुङ, हरिओम मेहता कोइरी, छेवाङ लामा, नम्रता सिंह दनुवार रहनुभएको छ ।
