अनुसन्धान, अभिलेख तथा प्रकाशन विभागले नेपाली ललितकलाको अध्ययन, अनुसन्धान, अभिलेखीकरण र प्रकाशनसम्बन्धी कार्यहरू सञ्चालन गर्दछ । यस विभागले नेपाली ललितकलाको परम्परागत, समसामयिक तथा आधुनिक चित्रकला, मूर्तिकला, वास्तुकला तथा लोककला, शिल्प–हस्तकला, बहुुआयामिक तथा अन्य सिर्जनात्मक विधाहरूको मौलिकता संरक्षण गर्दै व्यवस्थित अभिलेख तयार पार्दछ । यसले ललितकलाको इतिहास, विकासक्रम र समकालीन अवस्थाबारे तथ्यपरक अध्ययन गरी प्रकाशन गर्ने, नियमित रूपमा नेपाली तथा अंग्रेजी भाषामा बुलेटिन तथा डिजिटल माध्यमबाट जानकारी प्रवाह गर्ने कार्य गर्दछ । साथै, कलाकारहरूको जीवन र सिर्जनात्मक यात्रालाई समेटेर मनोग्राफ तथा वृत्तचित्र तयार पार्ने कार्य पनि गर्दछ । यस विभागले कलालेखन/प्राज्ञिक लेखन तथा अनुुसन्धानमूूलक कार्यशाला, गोष्ठी, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्दछ । कलालेखन, कला समीक्षा तथा प्रतिभा पहिचानमा योगदान दिँदै कलाकार, कलालेखक, कलापत्रकारका साथै अन्य कलाकर्मीसँगै कला संस्थाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्मानका लागि सिफारिस गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
