नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्य र मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा लमजुङको भुलभुलेमा मङ्गलवार (२०८२ मङ्सिर २३ गते) एकदिने कला कार्यशाला सम्पन्न भएको छ । मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापाको प्रमुख आतिथ्य तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका पूर्व उपाध्यक्ष होमबहादुर विक अतिथि रहनुभएको थियो । अतिथि कलाकारका रूपमा कलाकार बाबु साइलाले कला कार्यशालाको उद्देश्य र महत्त्वबारे चर्चा गर्नुभएको थियो । कार्यशालामा कलाकारहरू गङ्गा हिमाली,सुरेन्द्र के.सी. रामबहादुर परियार, सन्तोष थापा मगरलगायतसँगै मस्र्याङदी गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।