नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा लोककला विभाग तथा मधेश प्रदेश समन्वय समिति र मैथिली विकास कोषको संयुक्त आयोजनामा आइतबार (२०८२ मङ्सिर ७ गते) मैथिली भवन, जनकपुरधाममा ‘ललितकला विषयक अन्तरक्रिया तथा मिथिला लोककला कार्यशाला २०८२’ सम्पन्न भएको छ । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी सभाध्यक्ष तथा मधेश प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमर प्रमुख अतिथि रहनुभएको कार्यक्रममा प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख तथा मधेश प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङ, वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, राजर्षि जनक विश्वविद्यालय अनुसन्धान केन्द्र, जनकपुरधामका निर्देशक प्रा.डा. राम खेलावन साहलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केलीले ललितकलाका विषयमा पावरप्वाइन्टमार्फत प्रस्तुति दिनुभएको थियो । साथै, मिथिला लोककला कार्यशालामा ३५ जना कलाकार सहभागी हुनुहुन्थ्यो ।