नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा Art Project International G2 GINZA GalleryG2, Japan र बिन्दु स्पेस फर आर्टिस्टका आयोजनामा आइतबार (२०८२ कार्तिक २३ गते)बाट International Cultural Exchange Exhibition 2025, Smile for Smile सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, पूर्व कुलपति किरण मानन्धर र Art Project International G2 GINZA GalleryG2, Japan का Tamaki Kano ले संयुक्त उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला विश्व भाषा भएको बताउँदै चित्रकला प्रदर्शनी सांंस्कृतिक आदान–प्रदान हुने एक माध्यम भएको र ती कलामार्फत आफ्नो पृथक् पहिचान, संस्कृति व्यक्त हुने तथा कलामार्फत शान्ति र सौहार्दको सन्देश पाइने बताउनुभयो ।
प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले प्रतिष्ठानले मित्रराष्ट्रसँग गर्ने यस्ता कला प्रदर्शनीको आयोजना गर्ने काम एकदम सराहनीय भएको बताउनुभयो । उहाँले विज्ञान र प्रविधिझैँ कलाले पनि फड्को मारिरहेको धारणा राख्नुभयो ।
प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सौरगंगा दर्शनधारीले यस्ता प्रदर्शनीले विभिन्न देशका कलाका आयाम तथा विविध पाटोलाई बुझ्न थप सहयोग गर्ने बताउनुभयो ।
Art Project International G2 GINZA GalleryG2, Japan का डिरेक्टर Tamaki Kano ले नेपालमा यस किसिमको प्रदर्शनी गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले यस पटकको प्रदर्शनीमा बालकलालाई पनि समावेश गरिएको धारणा राख्नुभयो ।
प्रदर्शनीका क्युरेटर तथा बिन्दु स्पेस फर आर्टिस्टका डिरेक्टर पृथ्वी श्रेष्ठले प्रदर्शनीमा सहभागी सबै कलाकार तथा सहयोगी सबैमा आभार व्यक्त गर्नुभयो ।
प्रदर्शनीमा नेपाल, जापान, दक्षिण कोरिया, जर्मनीलगायतका देशका कलाकृति छन् जसमा नेपालबाट नारदमणि हार्तम्छाली, लालकाजी लामा, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ, प्रदीप शाक्य, सुन्दर सिंख्वाल, एरिना ताम्राकार, पृथ्वी श्रेष्ठ, मनिषलाल श्रेष्ठ, आशा डङ्गोल, सम्झना राजभण्डारी, अनिल शाही, भाइराजा महर्जन, बिनोद लिम्बु, बिनोद प्रधान, , दीपक आउजी, जया शर्मा, जेनी घले, कर्मा टासी गुरुङ, कृष्ण लामा, मनोरमा खत्री, मिन थापा, मुना भडेल, नवीन नाल्बो, प्रदीपकुमार बज्राचार्य, प्रद्युम्न श्रेष्ठ, प्रमिला बज्राचार्य, राजन महर्जन, रितु थापा, रोशन प्रधान,सुभाद्री सुभा, सुरेम देशार, दिप्रोज गुरुङका कलाकृति रहेका छन् । त्यस्तै जापानबाटMayumi IZAWA, Kenji INOUE, Shigeko UCHIDA, Akemi EGUCHI, Masayo OKAWA, Keiko OKANO, Kofu KANO, Shuko KANO, Shoto KANO, Sekai KANO, Senku KANO, Souryu KANO, Takushu KANO, Riei KANO, Ryuko KANO, Mariko KAWAI, Aiko KUREBAYASHI, Masami SHIMODA, Soul mandala NAO, Makoto TANAKA, Sachiko TAMASHIMA, Harumi TAMURA,Yoko CHIJIMATSU, Aya NISHIKI, Tomoko HASUNE, Yuji HACHIRO, Mikoto FUKU, Mitsuyo MAKINO, Tomomi MIURA, Mitsuyo MURATA, Kazuko YAMAZAKI, Teruko YAMAZAKI, Chieko YOSHIDA, Yuko WATANABE, Enryu KANO, दक्षिण कोरियाबाट GuGu Kim, TTODOA, Kang Seo woo, जर्मनीबाट Eberhard Ross, Gabriele Musebrink का कलाकृति पनि रहेका छन् । प्रदर्शनी कार्तिक २७ गतेसम्म चल्ने छ ।