राष्ट्रिय खुला आह्वान
मानवताको लागि कला
एउटा राष्ट्र। एउटै कला समुदाय। एउटै मानवीय दायित्व।
हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट सिर्जित प्राकृतिक विपद्का कारण सयौँले ज्यान गुमाएका छन् भने हजारौँ विस्थापित भएका छन् । प्रभावित परिवार तथा समुदायहरूलाई तत्काल राहत, सहयोग र दीर्घकालीन पुनःस्थापनाको आवश्यकता छ।
यही मानवीय दायित्व र सामूहिक ऐक्यबद्धताको भावनासहित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (NAFA) नेपालभरका कलाकार, कला दीर्घा, कलाकार समूह, कला तथा सांस्कृतिक संस्था, कला शिक्षण संस्था, विद्यार्थी, क्युरेटर, कला सङ्कलक तथा कलाप्रेमी नागरिकहरूलाई एकजुट भई “ARTS FOR HUMANITY” मानवताको लागि कला कला अभियान मार्फत राष्ट्रिय बिपद् कोषमा सहयोग सङ्कलन कार्यमा सहभागी हुन हुन र कार्यक्रममा सहकार्य गर्न हार्दिक आह्वान गर्दछ।
कार्यक्रमसम्बन्धी व्यवस्थाः
१. कलाकारले एक वा सोभन्दा बढी आफ्ना मौलिक कलाकृति प्रदर्शनीका लागि उपलब्ध गराउन सक्नुहुनेछ ।
२. प्रदर्शनीका लागि उपलब्ध गराइने कलाकृतिको अधिकतम बिक्री मूल्य रु. २०,०००।– (अक्षरेपी बीस हजार रुपैयाँ मात्र) हुनुपर्नेछ । उक्त मूल्यमा कलाकृति बिक्री भएमा प्राप्त रकममध्ये २० प्रतिशत रकम सम्बन्धित कलाकारलाई प्रदान गरिनेछ भने बाँकी ७० प्रतिशत प्रतिशत रकम बाढीपीडितहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोष तथा र १० प्रतिशत कलाकार राहत कोषमा जम्मा गरिनेछ । यदि कलाकारले आफूलाई प्राप्त हुने रकम पनि कोषमा जम्मा गर्न चाहेमा गर्न सकिने छ ।
३. कुनै कलाकारले रु. २०,०००।– भन्दा बढी मूल्यका कलाकृति बिक्रीका लागि उपलब्ध गराउन चाहनुभएमा त्यस्ता कलाकृतिको बिक्रीबाट प्राप्त हुने रकममा रु. २० हजारको २० प्रतिशत रकम मात्र कलाकारलाई प्रदान गरिने छ । बाँकी रकम माथि उल्लेख भएअनुसार नै कोषमा जम्मा हुने छ ।
प्राकृतिक विपद्को यस कठिन घडीमा कला र कलाकारको सिर्जनशीलता, संवेदना र सामाजिक उत्तरदायित्वलाई मानवीय सेवासँग जोड्ने यस अभियानमा यहाँको गरिमामय सहभागिता र सहयोगका लागि हार्दिक अपेक्षा गर्दछौँ ।
सहभागिता हुन सक्ने प्रमुख कला माध्यमहरू:
• चित्रकला तथा रेखाचित्र
• मूर्तिकला तथा सेरामिक्स
• फोटोग्राफी
• प्रिन्टमेकिङ
• इन्स्टलेसन तथा मिश्रित माध्यम
• डिजिटल कला
• परम्परागत तथा लोककला
• आदिवासी तथा स्थानीय कला
• अन्य दृश्य कला
कलाकृति पेश गर्ने प्रक्रिया
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (NAFA) मा कलाकृति योगदान गर्न इच्छुक सम्पूर्ण कलाकारहरूले तल दिइएको Google Form भर्नुहोस्।
Google Form भरेपछि २०८३ असोज १ गतेसम्म आफ्नो कलाकृति NAFA मा बुझाइसक्नुपर्नेछ।
कलाकृति बुझाउने स्थान:
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (NAFA)
विस्तृत जानकारीका लागि:
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (NAFA): ०१–४५११७२९
सिधा सम्पर्कका लागि:
९८४१२२६९१४ | ९८४१३४७१६५ | ९८५११८००८८
(नोटः बिक्री नभएका कलाकृतिहरू सम्बन्धित कलाकारलाई फिर्ता गरिने छ ।)
NATIONAL OPEN CALL
ARTS FOR HUMANITY
ONE NATION. ONE ART COMMUNITY. ONE HUMAN RESPONSE.
The recent flash floods have taken lives, displaced families, destroyed homes and livelihoods, and left communities in urgent need of support. At this moment, the art community cannot stand apart.The Nepal Academy of Fine Arts (NAFA) calls upon artists, galleries, art spaces, collectives, institutions, art schools, students, curators, collectors and cultural organization across Nepal to come together for a National Fundraising Art Initiative.
Donate one or more original artworks-painting, drawing, sculpture, photography, print, ceramic, installation, mixed media, digital, traditional, indigenous, or any other visual art form.
Every artwork is an act of solidarity.
The contributed artworks will form a National Fundraising Art Exhibition. Funds generated will support relief and recovery for communities affected by the disaster through transparent and accountable mechanisms .
NAFA will document and publicly communicate the fundraising outcome.
When Nepal hurts, Art responds.
ONE ARTWORK. ONE ACT OF SOLIDARITY.
Provisions Regarding Artworks and Proceeds:
1. Artists Can Submit one or more of their original artworks for the exhibition.
2. The maximum sale price for artworks made available for the exhibition shall be Rs. 20,000 (in words: twenty thousand rupees only). In the event of a sale at this price, 20% of the proceeds will be provided to the respective artist, while the 70% will be deposited into the Prime Minister’s Relief Fund and the 10% Artist’s Relief Fund to aid flood victims. Artists may also choose to donate their share of the proceeds to the fund if they wish to do so.
3. If any artist wishes to make artworks valued at more than Rs. 20,000 available for sale, the artist shall be paid only 20% of the Rs. 20,000 portion of the proceeds from the sale of such artworks. The remaining amount shall be deposited into the fund as specified above.
During this challenging time of natural disaster, we earnestly look forward to your esteemed participation and support in this campaign, which seeks to link art-along with the creativity, sensitivity and social responsibility of artists-with humanitarian service.
JOIN FOR THE NATIONAL CAUSE.
Online Artwork Submission Link:
Deadline: 17th Sep, 2026
Exhibition: Nepal Academy Of Fine Arts
Contact: 9841226914 | 9841347165 | 9851180088 | 01-4511729
(Note: Unsold artworks will be returned to the respective artists.)
