मिति : २०७१ साल फागुन २७ गते बुधबार ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मिति २०७१ साल फागुन २५ गते सोमबार र २६ गते मंगलबारका दिन पाटन, दरबार स्क्वायरमा आयोजना गरेको “समानता !!” शीर्षकमा २ दिवसीय महिला कला कार्यशालाको समापन तथा उक्त कला कार्यशलामा सिर्जित कलाकृतिहरुको प्रदर्शनीको समुद्घाटन माननीय उर्जा मन्त्री राधा ज्ञवालीज्यूबाट मिति २०७१ साल फागुन २७ गते, बुधबार दिन प्रतिष्ठानको अरनिको प्रदर्शनी कक्षमा सम्पन्न भएको छ । यस कार्यक्रममा वरिष्ठ कलाकारद्वय श्री उर्मिला उपाध्याय ‘गर्ग’ र श्री भद्रकुमारी घलेज्यूलाई उहाँहरुले नेपाली कला क्षेत्रमा अहिलेसम्म पुर्याउनुभएको योगदानको कदर गर्दै माननीय उर्जा मन्त्री राधा ज्ञवालीज्यूको हातबाट सम्मान पनि गरियो ।