नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा Swami Vivekananda Culture Centre, Embassy of India, Kathmandu को प्रस्तुतिमा सोमवार (२०८१ असोज ७ गते)बाट Ramayan Resonance: Celebrating a Shared Heritage कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्रीप्रसाद पाण्डे, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपालका लागि भारतका महामहिम राजदूत नवीन श्रीवास्तव, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का डिडिजी अन्जु रञ्जन र प्रदर्शनीको क्युरेटर तथा डाइरेक्टर गार्गी सेठले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । प्रदर्शनीमा नेपालका ४ कलाकारका ५ कलाकृति र भारतका ३० कलाकारका ४२ कलाकृति राखिएका छन् । गार्गी सेठ क्युरेटर तथा डाइरेक्टर रहनुभएको यस प्रदर्शनी असोज १४ गतेसम्म चल्ने छ । प्रदर्शनीमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।